गाउँघरका आवाज

पानीले डुबायो पाक्दै गरेको धान, किसानको मेहनत पानीमा

सिन्धुली, कार्तिक ,१७

बागमती प्रदेशका किसानहरू हालैको निरन्तर वर्षासँगै गम्भीर समस्यामा परेका छन्। कार्तिक १३ गते बाट निरन्तर रूपमा परेको लगातार वर्षाले धानबालीमा ठूलो क्षति पुर्‍याएको छ। भर्खरै पाकेको धानबालीमा पानीले असर पारेको छ। सिन्धुली, रामेछाप, धादिङ, चितवन, मकवानपुर र काभ्रेपलाञ्चोकका किसान प्रभावित भएका छन्।

किसानहरूले भर्खरै पाकेर काट्ने तयारी कतै काटेर मिनमा रहेको धान खेतमै डुबानमा परेपछि किसानमा ठुलो झड्का परेको छ । किसानहरु भन्छन् – खेतको आधा भन्दा बढी हिस्सा डुबानमा परेको छ। “यो समय खेतमा पानी जम्ने अवस्था कहिल्यै थिएन, तर यस वर्ष असिनासहितको अविरल वर्षाले धानै नष्ट भयो,” उनले भने, “धान भिजेर ढलेपछि न पैठारी हुन्छ न दाना राम्ररी बस्छ। अब आधा उत्पादन पनि नआउलाजस्तो छ।”

सिन्धुली गोलञ्जोरको कृर्षक शान्ता माया मगर  किसानको पिडा सुनाउँदै भन्नु हुन्छ –

  ‘‘ धान रोप्ने बेलामा पानीको अभाव हुन्छ , बल्ल तल्ल धान रोप्यो मलको अभाव र धानमा रोग लाग्ने खतरा हुन्छ , यसरी यावत समस्या झेल्दै धान धेर थोर फलाइयो अब भित्र्याउने बेलामा पानीले धान बिगार्यो । ‘‘

कृषि विज्ञको अनुसार प्रदेशभर करिब ९,५०० हेक्टर धानबाली प्रभावित भएको प्रारम्भिक अनुमान गरिएको छ। तीमध्ये करिब ३५ प्रतिशत क्षेत्रफलमा गंभीर क्षति पुगेको र बाँकी क्षेत्रमा उत्पादन २०–२५ प्रतिशतले घट्ने अनुमान गरिएको छ। “धेरै किसानले धान काट्ने तयारी गरिरहेको समयमा पानी परेपछि क्षति ठूलो भएको छ। खेतमा पानी जमेसँगै रोग लाग्ने सम्भावना पनि बढेको छ,” अधिकृतले बताउनु भयो ।

मौसम पूर्वानुमान महाशाखाले हिउँदे मौसमी चक्र परिवर्तन र असामान्य न्यूनचापीय प्रणालीका कारण वर्षा बढेको उल्लेख गर्दै आगामी केही दिन क्रमशः मौसम सुधार हुने सम्भावना जनाएको छ। तर कृषिकै मुख्य भरमा जीवन निर्वाह गर्दै आएका ग्रामीण किसानका लागि यस वर्षको वर्षा थप चुनौती बनेको छ।

कृषि विशेषज्ञहरूले किसानलाई तत्काल पानी निकास गर्ने तथा सकेसम्म ढलिएका बालीलाई छिटो काटेर सुरक्षित स्थलगत भण्डारण गर्न सुझाव दिएका छन्। साथै क्षतिग्रस्त किसानलाई राहत र बिमा दाबी प्रक्रिया सहज बनाउन सरकार र स्थानीय तहले समन्वय बढाउनुपर्ने माग गरिएको छ।

धेरै किसान अहिले भोलिको चिन्तामा छन्। धान प्रमुख नगदे बालीको रूपमा निर्भर रहेका यस क्षेत्रका किसानका लागि यो वर्ष आर्थिक रूपमा गम्भीर चुनौतीको वर्ष बन्ने देखिएको छ। वर्षाको कारणले धान बालीमा भएको ठूलो क्षतिले प्रदेशको कुल कृषि उत्पादनमा पनि प्रत्यक्ष असर पर्ने अनुमान गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button