सिन्धुली–१ मा चुनावी चहलपहल तीव्र, कांग्रेशका उज्जल बरालको बढो लोकप्रियता
सिन्धुली,१६
आसन्न निर्वाचन नजिकिँदै जाँदा सिन्धुली क्षेत्र नम्बर १ मा चुनावी गतिविधि तीव्र बन्दै गएको छ। यस क्षेत्रको चुनावी वातावरण शान्त, सभ्य र प्रतिस्पर्धात्मक देखिएको छ। फरक–फरक दलका उम्मेदवार तथा कार्यकर्ताबीच भेट हुँदा हात मिलाएर शुभकामना साटासाट गर्ने दृश्यले लोकतान्त्रिक संस्कृतिको सकारात्मक अभ्यास झल्काएको स्थानीयवासीहरू बताउँछन्।
नेपाली कांग्रेस सिन्धुली क्षेत्र नं.१ का उमेदवार उज्जल बराल
यसै क्रममा नेपाली कांग्रेस का उम्मेदवार उज्ज्वल बरालको क्षेत्र नं‚ १ मा व्यापक लोकप्रियता बढेको छ । बराल सिन्धुली क्षेत्र नं‚१ का विभिन्न बस्ती तथा बजार क्षेत्रमा घरदैलो अभियान सञ्चालन गरेका छन्। अभियानमा उल्लेख्य संख्यामा नेता–कार्यकर्ता, शुभेच्छुक तथा स्थानीय मतदाताको सहभागिता रहेको थियो । झण्डा, ब्यानर र नारासहितको टोली गाउँ–टोल डुल्दा चुनावी माहोल थप जीवन्त बनेको देखिन्थ्यो।
घरदैलोका क्रममा बरालले मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्ना विकास एजेन्डा र योजनाबारे जानकारी गराए। स्थानीय पूर्वाधार विकास, शिक्षा–स्वास्थ्य सेवा सुदृढीकरण, रोजगारी सिर्जना तथा पारदर्शी शासन व्यवस्था स्थापना आफ्ना प्राथमिकता रहेको उनले बताए। उनले निर्वाचनलाई लोकतान्त्रिक पर्वका रूपमा ग्रहण गर्दै शान्तिपूर्ण वातावरणमा प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिए।
मतदातासँग भेटघाटका क्रममा कतिपय स्थानीयवासीहरूले बराललाई “युवा, सक्रिय र स्पष्ट दृष्टिकोण भएका उम्मेदवार” का रूपमा उल्लेख गर्दै समर्थन जनाएका थिए। केहीले विगतका सामाजिक तथा राजनीतिक सक्रियतालाई स्मरण गर्दै आगामी दिनमा क्षेत्रको समग्र विकासका लागि सक्षम नेतृत्व आवश्यक रहेको बताएका थिए।
उज्ज्वल बरालको भुनावी घरदैलो अभियान
घरदैलो अभियानमा सहभागीहरू उत्साहित देखिन्थे भने उम्मेदवार बराल पनि आत्मविश्वासी मुद्रामा प्रस्तुत भएका थिए। उनले मतदाताका गुनासा सुन्दै समाधानका लागि प्रतिबद्धता जनाएका थिए।
समग्रमा, सिन्धुली–१ मा चुनावी प्रतिस्पर्धा बढ्दो भए पनि वातावरण मर्यादित र सौहार्दपूर्ण देखिएको छ। उम्मेदवारहरूबीचको सभ्य व्यवहार, मतदाताको सक्रियता र घरदैलो अभियानको चहलपहलले लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ बनाएको संकेत गरेको छ। निर्वाचन परिणाम जे भए पनि शान्तिपूर्ण र पारदर्शी प्रतिस्पर्धा नै यस क्षेत्रको मुख्य उपलब्धि हुने स्थानीयहरूको अपेक्षा रहेको छ।
What's Your Reaction?