अपाङ्ग कल्याण संघद्धारा जुत्ता बनाउने तालिक सञ्चालन
सिन्धुली‚१५
अपाङ्ग व्यक्तिहरूको आर्थिक सशक्तीकरण र आत्मनिर्भरता प्रवर्द्धन गर्ने उद्देश्यले १५ दिने जुत्ता बनाउने तालिम सञ्चालन गरिएको छ।
अपाङ्ग कल्याण संघ सिन्धुलीले जिल्लामा भएका अपाङ्ग व्यक्तिहरुलाई उद्यमी बनाउने उदेश्यले आयोजना गरेको हो।, बाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग र कमलामाई नगरपालिकाको समन्वयमा “अपाङ्ग भएका व्यक्तिहरूका लागि उद्यमशीलता स्वावलम्बन सीपमूलक सशक्तीकरण” कार्यक्रमअन्तर्गत उक्त तालिम सञ्चालन गरिएको हो।
फागुन ६ गते कमलामाई नगरपालिका–६ बुद्धनगरस्थित एक भवनमा आयोजित कार्यक्रममार्फत तालिमको उद्घाटन गरिएको थियो। अपाङ्गता भएका व्यक्तिहरूलाई सीपमूलक तालिम प्रदान गरी स्वरोजगार र साना उद्यमतर्फ उन्मुख गराउने र आफ्नै सिपमा बाँच्न सकिने बनाउनु यस कार्यक्रमको लक्ष्य राखिएको आयोजकले जनाएको छ।
कार्यक्रममा कमलामाई नगरपालिकाबाट महिला तथा बालबालिका शाखा प्रमुख इन्दिरा थापा र उद्योग शाखाका कर्मचारी रिता परियार कार्की अनुगमन गरेको
तालिममा २० जनाको कोटा निर्धारण गरिए पनि २३ जना प्रशिक्षार्थी सहभागी भएका छन्। सहभागीमध्ये ७ जना पुरुष र १६ जना महिला रहेका छन्। यसले अपाङ्ग महिलाहरूको उद्यमशीलताप्रतिको बढ्दो चासो र सक्रिय सहभागिता झल्काएको छ।
तालिम अवधिमा बोर्डिङका बालवालिकाले लगाउने जुत्ता, पार्टी शुज, बुट र किलर जुत्ता गरी हल सम्म ३/४ प्रकारका जुत्ता बनाउने व्यावहारिक अभ्याससहित प्रशिक्षण दिइएको छ। सामग्री छनोटदेखि डिजाइन, कटिङ, सिलाइ र फिनिसिङसम्मका सम्पूर्ण प्रक्रिया सिकाइएको छ।
जुत्त बनाउने तालिम गर्दै सिन्धुलीका अपाङ्ग भएका व्यक्तिहरु
तालिमका प्रशिक्षक इन्द्र बहादुर आछामी‚ इन्द्र शुज सेन्टरका प्रोप्राइटर हुन्।उनी जन्मजात अपाङ्ग व्यक्ति हुन् । उनीले २०५२सालमा १६ वर्षकै उमेरबाट जुत्ताको गर्दैआएको बताउछन् । आफ्नै संघर्ष र मेहनतबाट उद्यमीको पहिचान बनाएका छन्।
प्रशिक्षार्थी मध्यका एक जनाले भनिन्- तालिमले आत्मविश्वास बढाएको छ तर तालिम अबधी भने छोटो भएको बताए भने अर्का एक जना महिला प्रशिक्षार्थीले भनिन्- सीप सिकेर आफ्नै व्यवसाय सञ्चालन गर्ने लक्ष्य राखेको हामीलाई यो तालिम कम्तिम पनि ३ महिनाको हुनु पर्ने बताइन्। संघका अध्यक्ष तेज बहादुर थापा मगरले यस्ता कार्यक्रमले अपाङ्ग व्यक्तिहरूलाई आर्थिक रूपमा सशक्त बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
What's Your Reaction?