दैनिक ज्यालादारी गर्दै आएका अर्जुन भुजेलको निर्माणस्थलमै अन्त्य

दैनिक ज्यालादारी गर्दै आएका अर्जुन भुजेलको निर्माणस्थलमै अन्त्य

मरिण डाइभर्सनमा पुरानो भवन भत्काउने क्रममा एक श्रमिकको ज्यान गएको छ। कमलामाई नगरपालिका–१ स्थित सुनकोशी मरिण ड्राइभर्सनमा भएको दुर्घटनामा ३१ वर्षीय अर्जुन भुजेलको मृत्यु भएको हो। घटनाले निर्माण क्षेत्रमा सुरक्षा मापदण्ड, प्राविधिक परीक्षण र श्रमिक बीमाको आवश्यकता उजागर गरेको छ।

बुधबार भत्काउँदै गरेको भवनको ठूला बिम क्रेनमार्फत उठाउने क्रममा करिब ४:३० बजेको समायमा क्रेनबाट बिम खसेर भुजेलको टाउको, अनुहार र घाँटीमा लागेको थियो। गम्भीर घाइते भएका उनी तत्काल जिल्ला अस्पताल पुर्‍याए। अस्पतालमा उपचार सुरु भए पनि अवस्था अत्यन्त गम्भीर भएकाले चिकित्सकले केही समयपछि मृत घोषणा गरेका थिए। भुजेल दैनिक ज्यालादारी गर्दै आएका मजदुर भएको खुलेको छ। उनी कमलामाई नगरपालिक वडा नं. १ का वासिन्दा हुन् ।

यस दुर्घटनाले निर्माण क्षेत्रमा सुरक्षा व्यवस्थाको प्रभावकारिता र श्रमिकको जीवन सुरक्षाप्रति ध्यान दिनुपर्ने आवश्यकता देखाएको छ। जोखिमयुक्त काममा हेल्मेट, सेफ्टी जुत्ता, पञ्जा, रिफ्लेक्टिभ ज्याकेटलगायत सुरक्षासामग्री प्रयोग अनिवार्य छ। भारी संरचना उठाउँदा कार्यक्षेत्र खाली राख्ने, प्रशिक्षित अपरेटर र सिग्नलम्यान खटाउने, साथै उपकरणको नियमित मर्मत, लोड क्षमताको परीक्षण र जोखिम मूल्यांकन गर्नु अनिवार्य हुन्छ। घटनास्थलमा यी मापदण्ड पालना गरिएको थियो वा थिएन भन्ने विषयमा अनुसन्धान भइरहेको छ।

साथै, दुर्घटनापछि श्रमिक बीमाको विषय पनि व्यापक रूपमा उठेको छ। श्रम ऐनअनुसार रोजगारदाताले जोखिमयुक्त काममा संलग्न श्रमिकलाई दुर्घटना बीमा र सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनुपर्ने प्रावधान छ। भुजेल बीमित थिए वा थिएनन्, कम्पनीले आवश्यक बीमा र सुरक्षासामग्री उपलब्ध गराएको थियो वा थिएन भन्ने विषयमा पनि छानबिन जारी छ। बीमा र सुरक्षा उपायको अभाव भएमा कम्पनीमाथि कानुनी कारबाही हुन सक्ने व्यवस्था छ।

स्थानीय बासिन्दा र कामदारले निर्माण क्षेत्रमा सुरक्षा प्रबन्ध कडाइका साथ लागू गर्न माग गरेका छन्। पछिल्ला समय यस्ता दुर्घटना दोहोरिन थालेकाले जोखिमयुक्त क्षेत्रमा निगरानी र अनुगमन बढाउनुपर्ने आवश्यकता बढेको छ। यस घटनाले निर्माण क्षेत्रमा श्रमिक सुरक्षाप्रति संवेदनशीलता र सुरक्षा मापदण्ड पालनाको महत्त्व स्पष्ट रुपमा देखाएको छ।

दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको छ, र आवश्यक कानु

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow