सिन्धुलीमा शान्तिपूर्ण निर्वाचन सम्पन्न, मतपेटिका संकलन सुरु

सिन्धुलीमा शान्तिपूर्ण निर्वाचन सम्पन्न, मतपेटिका संकलन सुरु

 सिन्धुली‚२१

 सिन्धुली जिल्लामा सम्पन्न निर्वाचन एक–दुई स्थानमा सामान्य विवादबाहेक समग्रमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लाभर कुल १ लाख १५ हजार २१४ मत खसेको छ।

खसेको मतमध्ये ५४ हजार ४३२ महिला ५८ हजार ७८२ पुरुष मतदाताले मतदान गरेका छन्। जिल्लामा दर्ता भएका मतदातामध्ये करिब ५३.५८ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।

जिल्लाभर रहेका करिब २७४ मतदान केन्द्र तथा १५१ मतदान स्थलमा मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताइएको छ। मतदान सम्पन्न भएपछि विभिन्न मतदान केन्द्रबाट मतपेटिका संकलन गर्ने कार्य सुरु गरिएको छ।

हाल जिल्लाका सबै मतदान केन्द्रबाट मतपेटिका सिन्धुलीको सदरमुकाम कमलामाईस्थित तोकिएको मतगणना केन्द्रमा ल्याइँदै छन्। मतपेटिका संकलनको कार्य सम्पन्न भएपछि मतगणना सुरु गरिने निर्वाचन कार्यालयले जनाएको छ।

निर्वाचनमा मतदाताको उल्लेख्य सहभागिता देखिएको स्थानीय प्रशासनले जनाएको छ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow