सिन्धुलीमा चट्याङ लागेर एक महिला घाइते,
सिन्धुली‚६ चैत
सिन्धुली जिल्ला को घ्याङलेख गाउँपालिका–५ सिरडाँडामा चट्याङ लागेर एक महिला घाइते भएकी छन्।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार घाइते हुनेमा स्थानीय ५४ वर्षीया बिमाया बिक रहेकी छन्। ५ गते आफ्नै घरमा बसिरहेको अवस्थामा अचानक परेको चट्याङले उनलाई घाइते बनाएको हो।
चट्याङ लाग्दा उनको बाँया हातमा चोट लागेको छ भने दुबै खुट्टामा जलेको अवस्था रहेको प्रहरीले जनाएको छ। घटनापछि स्थानीय बासिन्दाहरूले तत्काल उद्धार गरी नजिकै रहेको रामपुर स्वास्थ्य चौकीमा उपचारका लागि पुर्याएका थिए।
स्वास्थ्य चौकीमा प्रारम्भिक उपचारपछि उनको अवस्थालाई मध्यनजर गर्दै थप उपचारका लागि धुलिखेल अस्पताल तर्फ रिफर गरिएको छ। चिकित्सकका अनुसार हाल उनको अवस्था मध्यम रहेको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले वर्षायाम तथा मौसम परिवर्तनको समयमा चट्याङबाट बच्न सुरक्षित स्थानमा बस्न र आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।
सुनकोशी गाउँपालिकाको कार्यालय‚ रामटार
What's Your Reaction?